डब्लूटीओबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

२०७५ भदौ १५ गते ८:४९ मा प्रकाशित

१५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन् ।

डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो ।

तर संरक्षणवादी नीतिलाई धकेल्दै गइरहेका ट्रम्पले डब्लूटीओले गलत व्यहवार गरिरहेको बताइरहेका छन् ।

राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व हुने देखाएको छ ।

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *