तीजको गीतः बलात्कारको पीडा

भदौ, २०७५

-नीरा पराजुली

नाबालिका नानीहरू पाएनन् है बाँच्न
भविष्यका कर्णधार देश हाँक्न
खेल्न गका पढ्न गका लुटेर नै करणी
बलत्कारपछि कठै हत्या गरिनी
धर्ती पनि थर्थर काम्छ बरी लै
आमाको मन कसरी थाम्छ बरीलै ।

लौन प्रभु कस्तो केके सुन्नुपर्छ कानले
कसो गरी खप्न सक्छन् बाबु आमाले
होसमा छैनन् बाबु आमा भइरा’छ सपनी
के हुन्थ्यो र सपना बरै, भयो बिपना
धर्ती पनि थर्थर काम्छ बरी लै
आमाको मन कसरी थाम्छ बरी लै ।

नाबालिका नानीहरू दिनदिनै धराप
पशुभन्दा मान्छे नै भए खराप
फुलेर फूल फक्रिन नपाउँदै कोपिला
निमोठेर सिध्याउन लाए वतिला
धर्ती पनि थर्थर काम्छ बरीलै
आमाको मन कसरी ताम्छ बरीलै ।
कस्ता कानुन ल्याउनपर्छ जनतालाई सोध्न
देश चलाउने नेता हो यति बुझ्न
पीडितले बुझाएको रकमले पालेर
केही फाइदा छैन नि जेलमा हालेर
धर्ती पनि थर्थर काम्छ बरी लै
आमाको मन कसरी थाम्छ बरी लै ।

एउटाकी छोरी हैनन् छोरी नेपाल देशको
कडा कानुन चाहियो नेता यस्तो केसको
फाँसी दिए खुशी हुन्थिन् पीडितकी आमा त
सारा संसार खुशी हुन्थिम् हामी जनता
धर्ती पनि थर्थर काम्छ बरी लै
आमाको मन कसरी थाम्छ बरी लै ।

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *