टटनहाम तेस्रो स्थानमा फर्कियो

टटनहाम ईङलीस प्रिमियर लिग फुटबलको तेस्रो स्थानामा उक्लिएको छ । पछिल्लो खेलमा गएराती हर्डल्सफिल्ड टाउनलाई ४–० ले हराउँदै टटनहाम तालिकाको तेस्रो स्थानमा पुगेको हो । उसको जितमा लुकास मौराले ह्याट्रिक गरे । अर्को गोल भिक्टर वान्यामाको नाममा रह्यो । २४ औं मिनेटमा भिक्टरको गोलबाट अग्रता बनाएको टटनहामका लागि २७ औं मिनेटमा मौराले अर्को गोल थपे । ८७ र ईन्ज्युरी समयमा गोल गर्दै मौराले ह्याट्रिक पूरा गरे ।

३३ खेलबाट ६७ अंक जोडेको टटनहामले चेल्सीलाई १ अंकले पछि पारेको हो । गएराती नै वेष्टहाम युनाईटेडलाई २–१ ले हराउँदै म्यानचेष्टर युनाईटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसका लागि दुबै गोल पउन पोग्वाले पेनाल्टिमार्फत गरे । फिलिप एण्डरशनले वेष्टहामका लागि एक गोल फर्काए । ३३ खेलबाट ६४ अंक जोडेको म्यान युनाईटेडले एक खेल कम खेलेको आर्सनललाई १ अंकले पछि पारेको हो । गएरातीका अन्य खेलमा साउथ हेम्प्टनले वोल्भरहेम्प्टनलाई ३–१ ले, फुलहामले एभर्टनलाई २–० ले तथा बर्नमाउथले ब्राइटन एण्ड होभ एल्बियनलाई ५–० ले पराजित गरे । कार्डिफ सिटी भने बर्नलीसँग २–० ले स्तब्ध भयो । आज राति शीर्ष स्थानको लिभरपुलले चेल्सीसँग र दोस्रो स्थानको म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित:वैशाख १, २०७६

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *