जानकी मन्दिर परिसर अस्तव्यस्त

विश्व सम्पदा सूचीमा सुचीकृतका लागि पुरातत्व विभागले जनकपुरधामको जानकी मन्दिरलाई सिफारिस गरेको छ । यस मन्दिरको सौन्दर्यीकरणका लागि निर्माण कम्पनीले जथाभावी खनेर त्यसै छाडिदिएकाले राष्ट्रिय सास्ंकृतिक धरोहर अहिले कुरुप देखिन्छ । मन्दिरको गरिमा र धार्मिक आस्थाको ख्यालै नगरि निर्माण सामग्री जथाभाबी थुपारिदिएपछि श्रद्धालुभक्तजनलाई मन्दिरमा आउजाउ गर्न असहज भएको छ । पानी निकासीका लागि अण्डरग्राउण्ड नाला, मन्दिर परिसरमा प्रवेश गर्ने मुख्य तीन वटा गेट निर्माण, इनारहरुको जिर्णोद्वार र परिसरमा मार्वल लगाउने योजना भएपनि काम भने निकै सुस्त छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत यस ऐतिहासिक जानकी मन्दिरको सौन्दर्यीकरणका लागि ललितपुरको परेरा र रञ्जन निर्माण कम्पनीले ६ करोड रुपैयाामा ठेक्का कबुल गरेका छन् । ९ लाख चाादीको असर्फी खर्चेर १७ वर्ष लगाएर सन् १९११ सालमा निर्माण भएको यस मन्दिरमा रामजानकी बिवाह पञ्चमी लगायत रामनवमीलगायत धार्मिक उत्सवहरुमा नेपाल र भारतका बिभिन्न स्थानका श्रद्धालु भक्तजन वर्षेनी जनकपुर आउने गर्छन् । सौन्दयीयकरणका नाममा ऐतिहासिक धरोहरलाई अस्तव्यस्त पारेर छाडनु भन्दा धार्मिक आस्था र मन्दिरको गरिमालाई ख्याल गरी निर्माणको काम छिटो पुरा गराउन प्रदेश सरकारले पहल गर्ने हो कि ?

Source: ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *