पूरै गाउँ लालपुर्जाविहीन

बैशाख १, २०७६

अछाम – मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गीता कुँवरले लेखेका छन् ।

तत्कालीन ठाँटी गाविसमा २०४५÷४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो । तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो ।

तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो । ०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए ।

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *