कविताः भ्रष्टाचारको बिगबिगी

भदौ ३०, २०७५

-हरि थापा

पुलिसको थानामा भ्रष्टचार छ
दैनिक खाने खानामा भ्रष्टचार छ

बाहिर ब्यापारीको कुरा छाडौँ
पुलिसको थानामा भ्रष्टचार छ

दिग्गज विद्वान विज्ञहरूले लेखेको
संविधानको पानामा भ्रष्टचार छ

सरकार भन्छ शून्य सहनशीलता
अख्तियारको छानामा भ्रष्टचार छ

खसी, कुखुरा, दूध, घिउमा मात्र हैन
फलफूलको दानामा भ्रष्टचार छ

हीरा, सुन, चाँदी, फलाम, तामा सबै उस्तै
दैन्ननदिन खाने खानामा भ्रष्टचार छ

सरकार गर्छ समृद्धिको कुरा
अरू के कुरा राष्ट्रिय गानमा भ्रष्टचार छ ।

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *