कविताः आत्मनिर्भर

भदौ, २०७५

-राजेन्द्र पोखरेल

खाएर हर दिन छिमेकीको आँटा
चलाउँछु छिमकमै बनेको मेरो मोटर टाटा
गरी खान गाह्रो रैछ बेहोरियो सधैँ घाटा
नेताको कौशलले बनायो लाटा ।
बुर्जुवा शिक्षा बहिष्कार भन्दै थमाइयो हातमा भाटा
शब्दजालमा पारियो हामीलाई हेर न नेता कति बाठा ।
ताजै छन् मनभित्र अझै अतितका ती अमेट खाटा,
मुक्तिकामीको सपना बोकी हिँड्यौं बारीको पाटै पाटा ।

गाइरहिएकै छ अझै आमूल परिवर्तनको एकोहोरो राँटा,
खोलो तर्यौ तर लौरी बिस्र्यौ बन्न दिइएन हामीलाई बाठा ।
तसर्थ,
स्वाधीनताको यात्रामा छु आजभोलि खाँदै छिमेकीको आँटा,
आत्मनिर्भर (?) बन्न पाखो बाँझै राखी चलाउन थाले मैले टाटा ।
छिमेकीको आँटा पुर्याउन घरघर चल्दैछ मेरो प्यारो छिमेकीकै टाटा ।

Source: Ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *