पशुपतिमा तीजको लहर आयो बरिलै ‍‍‍…(फोटो फिचर)

२०७५ भदौ २७ गते १५:५० मा प्रकाशित

२७ भदौ, काठमाडौं । आज हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व तीज । महिलाहरुले विहानैदेखि भोको बसेर भगवान शिवको पूजाअर्चना गर्छन् ।

आज ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने मान्यता रहेको छ । त्यसैले काठमाडौंका शिव मन्दिरहरुमा ब्रतालु महिलाहरुको घुइँचो लागेको छ ।

सबैभन्दा ठूलो भीड पशुपतिनाथ मन्दिरमा रहेको छ । यहाँ ब्रत बसेर पूजा गर्नेदेखि नाचगान गरेर रमाइलो गर्ने महिलाहरु दिनभरी नै हुन्छन् ।

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *